२८ आश्विन २०८३, बुधबार

निर्वाचन अभियानका वेला आफ्नो फोन ओबामाले सुनेको ट्रम्पको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन (संयुक्त राज्य अमेरिका), २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्ना पूर्ववर्ती बाराक ओबामाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका समय आफ्नो फोन सुन्ने गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले ओबामालाई कुनै फोनवार्ता सुनेर के गर्नुभयो भन्ने कुनै अप्रिय तथा कडा दाबी नगरे पनि आफ्नो फोनवार्ता गैरकानुनी रुपमा सुन्ने गरेको बताउनुभएको छ ।

“मलाई लाग्छ राम्रो वकिलले अमेरिकी निर्वाचनकै पूर्वसन्ध्या अर्थात् सन् २०१६ को अक्टोबरमा मेरो फोनवार्ता गैरकानुनी रुपमा सुनेको दृष्टान्तले राम्रो मुद्दाको रुप लिन सक्छ”, ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ ।

अर्को एक ट्वीटमा उहाँले भन्नुभएको छ, तत्कालीन राष्ट्रपति बाराक ओबामाले मेरो कुराकानी सुनेर पवित्र निर्वाचन अभियानका समय कति ‘नीच’ काम गर्नुभयो । यो निक्सा / वाटरगेट हो । सन् १९७४ मा तत्कालीन अमेरिकी उच्च अधिकारीले गरेको शक्तिको दुरुपयोगका लागि वाटरगेट प्रकरणलाई स्मरण गरिन्छ ।