२० कार्तिक २०८३, शुक्रबार

पाँचथरमा एमाले प्रवेशको लहर

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १९ फागुन । पाँचथरमा अन्य पार्टी बाट एमाले पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । बिहिबार नागी गाविसबाट नेपाली काँगे्रस र लिम्बूवान पार्टीबाट पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश गरेका छन् ।

जनसभा र बृद्धाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । ९६ बर्षीय कर्ण बहादूर सेलिङसहित ११० जनालाई सम्मान गरिएको छ ।

सोहि अवसरमा नवप्रवेशीहरुलाई अभिर र माला लगाई स्वागत गरिएको पाँचथर युवा संघ जिल्ला अध्यक्ष, नेतृ बाबा मेनेङवोले जनाएकी छन ।

त्यस्तै पौवा सारताप एमाले गाउँ कमीटिले पार्टी प्रवेशको जनसभा गरेको छ । आजै प्रवेश सभामा माओबादि केन्द्रका गाउँ कमीटी संयोजक सूर्य तिम्लसिना लगायत १३ जना एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई एमाले जिल्ला कमिटि सचिवालय सदस्य करुणा राई र सदस्य मूक्ति आचार्याले अविर लगाई स्वागत गरेका थिए ।

यूवासंघ नेपाल पाँचथर सचिवालय सदस्य धनेन्द्र नेम्वाङका अनूसार प्रवेशको लहरले अब स्थानीय निर्वाचनमा यूवाहरुले नेतृत्व हत्याउने र युवाहरुलाई सम्मान दिने जनाउदै निर्वाचनको चर्चा परिचर्चा बढेको समेत बताए ।