२० कार्तिक २०८३, शुक्रबार

मगर राष्ट्रिय मुक्ति मोर्चाको ललितपुर एकता भेला सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लतिलपुर, १८ फागुन । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लतिपुर जिल्लाको एकता भेला सम्पन्न भएको छ ।

एकता भेलाले नेत्र पुलामीलाई मोर्चाका जिल्ला इन्चार्ज र राजु रानालाई संयोजक चयन गरेको छ । त्यस्तै ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको संयोजक रानाले बताउनुभयो । भेलाले निर्वाचन क्षेत्रस्तरीय समितिको पदाधिकारीको समेत चयन गरेको छ । मगर समुदायका महिलालाई एकै ठाउँमा सङ्गठित गर्न मोर्चाले ललितपुर महिला सेलसमेत गठन गरेको छ ।

एकता भेलाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवम् मगर राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्लभ पुनले जातीय उत्पीडनमा परेका समुदायलाई मुलधारमा ल्याउन आफूहरु लागि पर्ने बताउनुभएको थियो ।