२८ आश्विन २०८३, बुधबार

महिला क्रिकेटमा नेपालको क्वार्टरफाइनल यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

333

काठमाडौँ, ६ असोज । दक्षिण कोरियामा जारी १७ एसियन गेम अन्तर्गत महिला क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई हराउँदै नेपालले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको थियो।

प्रतिउत्तरमा ८९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको मलेसिया १४.५ ओभरमा अल आउट हुँदै ४२ रनमा समेटिएपछि नेपाल ४६ रनले विजयी भएको हो।

नेपालको लागि ममता चौधरीले २२ र सरिता मगरले १२ रन बनाए । यस्तै सीता रानाले १८ रन बनाइन्। नेरी थापाले ४ तथा शोभा आलेले ६ रन बनाएकी थिइन्। यस्तै मलेसियालाई सस्तैमा समेट्ने क्रममा करूणा भण्डारीले ४ तथा सोनु खड्का, रूविना क्षेत्री र सरीता मगरले १.१ विकेट लिए।

नेपालले अन्तिम १० ओभरमा मात्रै ६४ रन जोडेको थियो । नेपाली टोली हिजो थाइल्याण्डसँग पराजित भएको थियो ।

नेपालले अब बुधबार बंगालदेशको सामना गर्नेछ ।