२८ आश्विन २०८३, बुधबार

मणिपुरमा ५.२ रेक्टरस्केलको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नयाँ दिल्ली, १४ फागुन । भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको छ ।

भूकम्पबाट मानवीय क्षति वा भौतिक क्षति भने केही भएको सूचना समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।

यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । – पिटीआई