२८ आश्विन २०८३, बुधबार

‘मोडल अफ द इयर’ छान्दा कुटाकुट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

model-of-the-year-Nepal2

काठमाडौं । वर्ष मोडल छान्ने क्रममा आयोजक र स्पर्धीबीच कुटाकुट भएको छ । नेक्स्ट मोडेल नेपालले पहिलोपटक आयोजना गरेको ‘मोडल अफ द ईयर–२०१४’ मा कुटाकटाको अवस्था भएको हो ।

model-of-the-year-Nepal

शनिबार भद्रकालीस्थित आर्मी अफियर्स क्लवमा आयोजित अन्तिम स्पर्धामा विजेताको नाम घोषणालगत्तै ‘धाँधली भएको भन्दै’ अन्य प्रतियोगी आयोजकमाथि खनिएका थिए । प्रतियोगितामा सुवास पराजुली र सोनी खड्का ‘मोडल अफ द इयर’ भएका छन् ।

model-of-the-year-Nepal3

तर, उक्त निर्णयप्रति अन्य ३० जना प्रतियोगीले असन्तुष्टि जनाएपछि कुटाकुटको अवस्था आएको थियो । कार्यक्रम स्थलमा मिनरल वाटरको बोटल हानाहान हुन थालेपछि आर्मी आएर झगडा साम्य बनाएको थियो ।