२८ आश्विन २०८३, बुधबार

प्यालेस्टाइनीलाई मारेको आरोपमा १८ महिनाको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

तेल अभिभ, ११ फागुन । इजरायलको एक सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ ।

ती सैनिकमाथि एक प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप लागेको छ ।

एलोर एजारिया नामक ती सैनिकलाई मानव हत्या गरेको आरोपमा दोषी पाइएको एक महिनापछि न्यायाधीश मया हेल्लेरले उक्त सजाय दिएको हो ।

गत बर्षको मार्च महिनामा वेस्ट बैंकस्थित इजायली सैनिकको गोलीबाट अब्दुृल फताह सहिफ मारिएका थिए । – एएफपी