२८ आश्विन २०८३, बुधबार

फेसबुकले अब आतंकवादी चिन्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, ८ फागुन । सामाजिक सञ्जाल फेसबुक सूचना आदान प्रदानको प्रमुख माध्यम हो । फेसबुक एउटा यस्तो माध्यम बनिसकेको छ कि, जसको प्रयोगकर्ताहरू यसबाट सहजै भाग्न सक्ने अवस्था छैन ।

बीबीसीका अनुसार, फेसबुकले पछिल्ला दिनमा एउटा यस्तो सफ्टवेयर बनाउदै छ कि, जसले आतंकवाद, हिंसा, दुव्र्यवहार, घृणा आदि जस्ता विषयमा पोस्ट गरिएका कुराहरुलाई समाउन सक्नेछ । साथै यो सफ्टवेयर आत्महत्या रोक्न समेत प्रभावकारी हुने छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले खुल्ला पत्रमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, अहिले कनाउन लागिएको सफ्टवेयर एल्गोरिदम अर्थात् गणितीय प्रोग्राममा आधारित छ । यो सफ्टवेयरले फेसबुकमा प्रकाशित सामाग्रीहरुको जाँच गर्न सकिनेछ ।

जुकरबर्गले फेसबुकमा अहिले प्रकाशित भएका र हुनसक्ने पोष्ट तथा मेसेजको जाँच गर्नु असम्भवप्रायः भएको भन्दै यस्तो सफ्टवेयर आवश्यक परेको पनि प्रष्टीकरण दिएका छन् ।

यस्तो सफ्टवेयर निर्माणको योजना अहिले सुरुवाती चरणमा रहेको भन्दै संस्थापक जुकरबर्गले भनेका छन्, ‘हो, फेबसुकमा दैनिक अर्बौं सन्देश र तस्बिर पोष्ट हुन्छन् । यसको जाँच गर्नु भनेको अहिलेको अवस्थामा असम्भवप्रायः हो । तर, हामी यसबारे चिन्तित र सचेत दुबै छौं । त्यसैले हामीले अहिले एउटा यस्तो प्रणाली बनाउने कोसिस गरिरहेका छौं कि जुन सफ्टवेयरले सहजै टेक्स्ट पढ्न सक्नेछ, तस्वीर तथा भिडियो देख्ने र त्यसबारे बुझ्न सक्नेछ । यसले हामीलाई कतै खतराको घन्टी बज्न लागेको त छैन भन्ने जानकारी गराउने छ ।’ – एजेन्सी