२८ आश्विन २०८३, बुधबार

चीन र मेक्सिकोका विदेशमन्त्रीबीच जर्मनीमा भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोन (जर्मनी), ७ फागुन । चीनका विदेश मन्त्री वाङ्ग यी र मेक्सिकोका विदेश मन्त्री लुइस भिदेगारे क्यासोबीच जर्मनीमा भेटघाट भएको छ । जि–२० समूह राष्ट्रको विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन आएका यी दुई नेताबीच जर्मनीको पश्चिमी महानगर बोनमा बैठकको अतिरिक्त समय (साइड लाइन) मा सौहार्द वार्ता भएको जनाइएको छ ।

उक्त वार्ताको प्रमुख विषयमा दुई मुलुकबीच आपसी सहयोगमा प्रवद्र्धन गर्ने रहेको बताइन्छ ।

विश्वको पश्चिमी ध्रुवको मुलुकहरुका विविधता बोकेको मेक्सिको एक फस्टाउँदो बजार राष्ट्रका रुपमा विकसित हुँदै गइरहेको छ । चीन र मेक्सिकोबीच कायम रहँदै आएको परम्परागत सम्बन्ध र सहयोगलाई अझै फराकिलो बनाई दुवै देशले यसबाट यथेष्ट उपलब्धि हासिल गर्नेतर्फ सहकार्य गर्न चीन इच्छुक रहेको समेत विदेश मन्त्री वाङले बताउनुभयो ।

साथै, व्यापार वाणिज्य एवम् द्विपक्षीय लगानीमा प्रवद्र्धन गर्न तथा मेक्सिको सिटी र बेइजिङबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्न चीन सदैव इच्छुक रहेको समेत चिनियाँ विदेशमन्त्रीले बताउनुभयो ।

जवाफमा मेक्सिकाली समकक्षी भिदेगारेले चीनसँग घनिष्ट मित्रता बढाउन उत्साहित रहेको, द्विपक्षीय वाणिज्य तथा व्यापारिक गतिविधिमा निरन्तर प्रवद्र्धन गर्न र चीनको फस्टाउँदो अन्तर्राष्ट्रिय लगानीको केही अंश आफूकहाँ भित्र्याउनका लागि सहर्ष सहकार्य गर्न मेक्सिको तत्पर रहेको बताउनुभयो ।

धेरैजसो अन्तर्राष्ट्रिय मामिलामा हामी दुई मुलुकबीच निकै समानता भएकाले द्विपक्षीय सहयोगबाट आर्थिक समृद्धि र चीरस्थायी हित उपलब्ध हुनेमा पूर्ण विश्वस्त रहेको मेक्सिकाली विदेशमन्त्री भिदेगारेले बताउनुभयो । – सिन्ह्वा