काठमाडौं, ५ फागुन । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमण भएपछि चीनले भारतलाई एक चीन नीतिको हेक्का राख्न चेतावनी दिएको छ ।
ताइवानका महिला सांसदको टोलीको भारत भ्रमणलाई लिएर चीनले ताइवानसंगको सम्बन्धमा सावधानी अपनाउन भारतलाई सचेत गराएको हो । चीनले एक चीन नीतिको ख्याल गर्न पनि भनेको छ ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनको ‘एन चीन नीति’ लाई सही मानेका छन् । जबकि पहिले उनी यसको विपक्षमा थिए । यस नीतिअनुसार चीन छिमेकी देश ताइवानलाई आफ्नै हिस्सा ठान्दै आएको छ ।
चीनको यस्तो प्रतिक्रिया आएपछि भारतीय विदेश मन्त्रालयले ताइवानबाट आएको टोली राजनीतिक भन्दा पनि पूर्ण रुपमा एकेडेमिक उद्देश्यले भारतमा आएको जनाएको छ । उसका अनुसार टोलीमा अकाडमिक विद्वान, कारोबारी, धार्मिक हस्ती र केही सांसद थिए ।
मन्त्रालयका प्रवक्ता विकास स्वरूपले यो भ्रमणको कुनै राजनीतिक अर्थ नभएको स्पष्ट पारेका छन् ।













प्रतिक्रिया