सप्तरी । बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको गोबरगाढा गाविसस्थित उपस्वास्थ्य चौकीमा कार्यरत अहेब हरेन्द्र देवलाई जिल्ला अदालत राजविराजले दोषी ठहर गर्दै छ वर्षको कैद सजाय तोकेको छ ।
जिल्ला अदालत राजविराजका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशले जिल्लाको कञ्चनपुर गाविस–९ निवासी ३२ वर्षीय देवलाई दोषी ठहर गर्दै छ वर्षको कैद सजायको फैसला गरेको हो ।
निजको पसलमा सामान किन्न गएकी स्थानीय १० वर्षीया बालिकालाई कोही नभएको मौका छोपी २०७० साल वैशाख १४ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित बालिकाका बुबाले आरोपित अहेब देवविरुद्ध मुद्दा दायर गरेका थिए ।
बलात्कारको प्रयास गरी फरार देवलाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहारको सुपौल जिल्ला रानीगञ्जबाट प्रहरीले सोही दिन राति पक्राउ गरेको थियो ।














प्रतिक्रिया