२८ आश्विन २०८३, बुधबार

श्रीलङ्कामा अनिकालले सात लाख मानिस प्रभावित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, ४ फागुन । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आज जनाएको छ ।

डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ ।

यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को नियमित प्रतिवेदन (कन्ट्रि अपडेट) ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा पोषण सुरक्षाको स्थिति नाजुक रहने भनी प्रतिवेदन प्रकाशन गरेको थियो ।

यस वर्षको मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली उत्पादन प्रायः शून्य हुने परिस्थिति देखिएकाले श्रीलङ्काले विगत चालिस वर्षपछि पहिलो पटक यसरी खडेरी र अनिकाल बेहोर्नु परेको जनाइन्छ ।

श्रीलङ्काको दैवी प्रकोप व्यवस्थापन मन्त्रालय र राष्ट्रिय नीति निर्माण तथा आर्थिक मामिला मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक स्रोत व्यवस्थापन विभागजस्ता ठूला सरकारी निकायहरुले क्यास फर वर्क र असिस्टेन्स फर एसेट क्रिएसनजस्ता विश्वव्यापी खाद्य सहयोग कार्यक्रमका लागि डब्ल्यूएफपीको मुख ताकी रहेका छन् ।

यसैबीच, श्रीलङ्काको मौसम तथा जलवायु विज्ञान विभागले मुलुकका केही खण्डमा यसै हप्ता केही वर्षा हुने मौसम भविष्यवाणी गरेको छ ।

इन्डोनेसियाले श्रीलङ्कालाई खाद्य सहयोग ग-यो

यसैबीच प्राप्त एक समाचारअनुसार श्रीलङ्कामा लामो खडेरीले उत्पन्न गरेको अनिकाल र खाद्य सङ्कट देख्न नसकेर इन्डोनेसियाली सरकारले पाँच हजार टन चामल सहयोग गरेको छ ।

मानवीय सहायता कार्यक्रमअन्तर्गत प्रदान गरिएको सो खाद्यान्न सहयोगको पहिलो खेप राजधानीको स्थानीय एक खाद्य गोदामबाट इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको उपस्थितिमा चलान भएको छ ।

खाद्यान्न सहयोगको खेप पठाउनु अघि आयोजित एक समारोहलाई सम्बोधन गर्दै ूधान तथा अन्य खाद्यान्न उत्पादनमा एसियाकै एक ठूलो राष्ट्रको रुपमा परिचित इन्डोनेसियाले गम्भीर सङ्कटमा परेको एक मित्रराष्ट्रलाई खाद्यान्न सहयोग गर्न पाउनु हामीलाई गौरवको विषय होू राष्ट्रपति विडोडोले बताउनुभयो ।

त्यस्तै, इन्डोनेसियाकी विदेश मन्त्री रत्नो मर्सुडीले असंलग्न आन्दोलन र एसिया–अफ्रिका सम्बन्ध प्रवद्र्धन अभियानमा इन्डोनेसियासँग घनिष्ठ सहकार्य गर्ने र ऐतिहासिक सम्बन्ध रहेको श्रीलङ्कालाई मानवीय सहयोग गरी विश्व शान्ति र समुन्नतिमा इन्डोनेसियाले सदैव अग्रणी भूमिका निर्वाह गर्छ भन्ने सन्देश फैलाउन चाहेको बताउनुभयो ।

साथै, म्यानमारको राखिन राज्यका अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय उपर ज्यादती भई खाद्यान्न सङ्कट हुँदा गत डिसेम्बर महिनामा इन्डोनेसियाले उक्त समुदायलाई खाद्य सहयोग आपूर्ति गरेको पनि विदेश मन्त्री रत्नोले स्मरण गर्नुभयो । – सिन्ह्वा