सप्तरी । विगत पाँच दिनदेखि हराइरहेका सप्तरी जिल्ला इनरुवा गाविसका एक युवकको हत्या गरी फालिएको अवस्थामा बिहीबार राति गाउँ नजिकैको खोलामा शव फेला परेको छ ।
धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि काटिएको अवस्थामा इनरुवा– ९ निवासी ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको शव फेला परेको हो ।
गत वैशाख २१ गते रातिदेखि हराइरहेका यादवलाई खोज्दै जाँदा गाउँ नजिकैको महुली खोलामा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच यादवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।














प्रतिक्रिया