२८ आश्विन २०८३, बुधबार

ट्रम्प र अफगानिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, २८ माघ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा उहाँहरुले समसामयिक विषयमा कुराकानी गर्नुभएको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ ।

दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गर्नुभएको थियो । “उहाँहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा भनिएको छ ।

अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा बताउनुभएको थियो ।

काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा उल्लेख छ । कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताउनुभएको थियो । – सिन्ह्वा