२८ आश्विन २०८३, बुधबार

सुदर्शनले स्वीकारेनन् रेखा थापासँगको प्रेम, फेरि एक्लै हुन्छिन त रेखा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sudarsan

काठमाडौं । रेखा थापाका नयाँ ब्याइफ्रेण्ड भनिएका कलाकार सुदर्शन थापाले रेखासँगको प्रेमलाई नकारेका छन् ।

रेखाको ‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेका सुदर्शनले उनीसँगको प्रेम सम्बन्धलाई नकारेका हुन् । रेखा मिल्ने साथीमात्रै भएको उनको जिकिर छ ।

त्यसो भए रेखासँग बिहे हुन्छ कि हुन्न त ? भन्ने संचारकर्मीको जिज्ञासामा सुदर्शनले भने यो त भविष्यले नै बताउला ।

पति छबि ओझालाई छाडेर कलाकार सुदर्शन गौतमसँग रेखाले नयाँ प्रेम सम्बन्ध सुरु गरेकी थिइन् । उनले सुदर्शनसँगको आफ्नो प्रेम दर्शाउन विभिन्न समयमा तस्वीरहरु पनि सार्वजनिक गर्दै आएकी थिइन । सुदर्शनसँगको प्रेमका फोटोहरु फेसबुकमा छरप्रष्टै देखिन्छन् ।

Rekha-Thapa-Sudarsan-thapa

सुदर्शनले आफ्नो पुरानो श्रीमतीसँग भने डिभोर्स भैसकेको रहस्य खोले । उनकी श्रीमती क्यानडामा छिन् ।

यद्यपि रेखा थापाले चलचित्र हिम्मतवालीमा रेखाले गरेको निर्देशनको भने प्रशंसा गरे । फिल्मको छायाँकन हुँदाहुँदै हटाइएका श्याम भट्टराई भन्दा रेखा निर्देशनमा राम्रो भएको सदर्शनले बताए ।

Rekha-Thapa-Sudarson

श्याम र सुदर्शनको मुख्य झगडाको बिउ भने रेखा नै हुन् । जतिबेला रेखा सुदर्शनको प्रिय पात्र बन्न थालिन्, त्यसपछि सुदर्शनको आफ्ना साथी श्यामसँगको सम्बन्ध तोडियो । यतिसम्मकी श्याम हिम्मतवाली फिल्मको निर्देशकबाट नै हट्ने अबस्था सिर्जना भयो ।