काठमाडौं, २ असोज । फिफाको नयाँ वरियता क्रममा नेपाल १७ स्थान तल झरेको छ ।
फिफाले बुधबार जारी गरेको नयाँ वरियतामा नेपाल १८३ औं स्थानमा छ ।
दक्षिण एसियाली मुलुकमा अफगानिस्तान शीर्ष स्थानमा कायमै रहेको पनि समग्र वरियता क्रममा भने अफगानिस्तान पनि ११ स्थान तल झरेर १३५ औं स्थानमा आइपुगेको छ ।
माल्दिभ्स १४५ औं स्थानमा कायमै छ भने भारत ८ स्थान तल झर्दै १५८ औं स्थानमा पुगेको छ ।
पाकिस्तान ११ स्थान तल झरेको छ । पछिल्लो ववरियतामा पाकिस्तान १७५ औं नम्बरमा छ । श्रीलंका दुई स्थानमा माथि उक्लिएर १७६ औं स्थानमा पुगेको छ ।
बंगलादेश ११ स्थान तल झरेको छ र १८१ औं स्थानमा आइपुगेको छ । भुटान २०८ औं स्थानमा कायमै छ ।
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा कायमै छ । अर्जेन्टिना दोस्रो स्थानमा छ भने कोलम्बिया नेदरल्याण्डलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
नेदरल्याण्ड चौथो स्थानमा छ । वेल्जियम पाँचौं स्थानमा छ ।
ब्राजिल एक स्थानमाथि उक्लिएर छैटौं स्थानमा आएको छ भने उरुग्वे एक स्थान तल झरेको छ र सातौं नम्बरमा तथा स्पेन आठौं नम्बरमा छ ।














प्रतिक्रिया