काठमाडौं, २ असोज । नेपालबाट मधेसलाई अलग गर्नुपर्ने मागसहित अभियान थाल्दा पक्राउ परेका डा. सीके राउतलाई प्रहरीले राजधानीमा ल्याएको छ ।
सर्वोच्च अदालतको आदेश बमोजिम उनलाई काठमाडौं झिकाइएको हो । सर्वोच्च अदालतले उनलाई सशरीर उपस्थित गराउन आदेश दिएकाले मोरङ प्रहरीले बिमानबाट काठमाडौं ल्याएको हो । डा राउतलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइनेछ । सोही टोलीले नै उनलाई अदालतमा उपस्थित गराउनेछ ।
मधेशी जनतालाई भडकाइरहेको बेला उनी मोरङको रंगेलीबाट शनिबार पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाएको छ । अब राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
यो पनि पढ्नुहोस:
देश टुक्राउन अभियान चलाउने सीके राउतको गिरफ्तारीलाई कसरी लिने ?
















प्रतिक्रिया