२८ आश्विन २०८३, बुधबार

क्रिस्चियनहरूको भित्री कथा, क्याथोलिक पादरीहरू बाल यौन शोषणमा लिप्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न, २५ माघ । अस्ट्रेलियामा एक अनुसन्धानका क्रममा देशका करिब ७ प्रतिशत क्याथोलिक पादरी बच्चमाथि यौन शोषणमा लिप्त भएको पाइएको छ ।

यो सन् १९५० देखि २०१० को बिचमा गरिएको अध्ययनको निष्कर्ष हो । यस्तै अर्को एक अध्ययनमा देशका ४० प्रतिशत चर्चमा बच्चामाथि यौन शोषण भएको जनाइएको छ ।

बच्चामाथि हुने यौन शोषणबारे अध्ययन गर्ने संस्था ‘रोयल कमिसन’ मा सन् १९८० देखि २०१५ को बिचमा करिब ४ हजार ५ सयले यौन शोषणमा परेको उजुरी गरेका छन् । यो आयोग अस्ट्रेलियामा धार्मिक र गैरधार्मिक स्थानमा हुने यौन शोषणको जाँच गर्नमा सबैभन्दा माथि पर्दछ ।

सिड्नीमा आयोगलाई मद्दत गर्दै आएका वकिल गेल फरनेसका अनुसार यौन शोषण पीडितको कहानी धेरै कहानीलाग्दो अवस्थामा छ । उनी भन्छन्, ‘बच्चामागि उपेक्षा हुन्छ, उनीहरुमाथि सजाय समेत दिइन्छ । आरोपमाथि जाँच हुँदैन र पादरी तथा धार्मिक गुरु सजिलै बच्ने गर्दछन् । यसबाट पादरीको बारेमा कुनै कुरा थाहा हुँदैन ।’

गेलका अनुसार सन् १९८० देखि २०१५ को बिचमा अस्ट्रेलियाका एक हजार क्यथोलिक संस्थामा ४ हजार ४ सय ४४ बालबालका यौन उत्पीडन भएको छ । यौन शोषणमा पर्ने बालिकाहरुको औषत उमेर साढे १० वर्ष र बालकहरुको उमेर साढे ११ वर्ष रहेको छ । यद्यपि यौन शोषणको मामलामा मुद्धा दर्ता गराउने भने औषत ३३ वर्ष रहेको र यो चिन्ताको विषय हो ।

अस्ट्रेलियामा सन् २०१३ मा रोयल कमिसनको स्थापना भएको थियो । यसको स्थापना स्कुल, स्पोर्टस् क्लब र धार्मिक संस्थामा हुने यौन उत्पीडनको घटना छानविनका लागि बनाइएको थियो ।

यसरी यौन शोषण हुने चर्चमा पनि ६० प्रतिशत आस्थामा आधारित संगठन रहेका छन् । जसमा दुई÷तिहाई क्याथोलिक चर्च रहेका छन् । आयोगको अन्तिम प्रतिवेदन यही वर्षको अन्त्यसम्ममा आउने बताइएको छ । – एजेन्सी