काठमाडौं, २४ माघ । दक्षिण चीन सागर र ‘वन चाइन पोलिसी’ मा अमेरिकासँग बढेको तनावकाबीच चीनमा गठित भएको नयाँ सैन्य बल ‘रकेट फोर्स’ ले अत्याधुनिक बेलिस्टिक मिसाइल डीएफ–१६ बाट युद्ध अभ्यास सुरु गरेको छ । यो मिसाइलको क्षमता एक हजार किलोमिटर टाढा छ । यो भारत, जापान र अमेरिकालगायतका देशका लागि खतरा सावित हुन सक्छ ।
युद्धाभ्यासका लागि भिडियो जारी
चिनीया सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए)ले आफ्नो हतियारबाट सम्बन्धित सूचना गोप्य राख्ने गर्छ । उसले अत्याधुनिक डीएफ–१६ बेलिस्टिक मिसाइलबाट भइरहेको सेनाको युद्धअभ्यासको भिडियो पनि गरिरहेको छ । ‘रकेट फोर्स’ चिनीया सेनाको विशेष टुकड़ी हो जसले सैन्य मिसाइल सञ्चालन गर्छ ।
२०१५ मा पहिलो पटक देखियो डीएफ–१६
चीनको सरकारी अखबार चाइना डेलीका अनुसार यस युद्धअभ्यासमा दुई किसिमका बेलिस्टिक डीएफ–१६ बेलिस्टिक मिसाइल देखाइएको छ । यो तेस्रो पटक हो, जब सार्वजनिक रुपमा यसरी डीएफ–१६ देखाइएको छ । यो मिसाइल पहिलो पटक २०१५ सेप्टेमबरमा बेइजिङ्गमा भएको मिलिट्री परेडमा देखाइएको थियो ।
विदेशी सेनाका लागि चुनौति
जुलाईमा एक टेलिभिजन समाचारमा सेन्ट्रल मिलिट्री कमिशनका भ्वाइस चेयरम्यान जनरल फन चैंगलोगलाई साउदर्न थिएटर कमाण्डको डीएफ–१६ यूनिटको निरीक्षण गर्न लागेको देखाइएको थियो ।
रक्षा जानकारहरुका अनुसार डीएफ–१६ विदेशी सेनाका लागि धेरै चुनौतिपूर्ण हुन सक्छ । जब अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जिते र उनले ताइवानका राष्ट्रपति त्साइइंग वेनलाई फोन गरेरपछि चीनले लगातार ताइवानविरुद्ध आक्रामक तरिका अपनाएको छ ।














प्रतिक्रिया