१३ कार्तिक २०८३, शुक्रबार

राजावादी अभियानमा ‘नेपाली मण्डेला’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र मानिन्छ, झापा । २०२८ सालमा यहीँबाट भएको विद्रोहलाई ‘झापा विद्रोह’का नामले चिनिन्छ । झापाको यही विद्रोहको अगुवाई गर्दै ‘शस्त्र’ उठाउने पहिलो व्यक्ति थिए– मोहनचन्द्र अधिकारी ।

२०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका अधिकारीको अगुवाईमा २०२८ सालमा चलेको शुत्र सफाया आन्दोलनले कैयानको सफाइ नै गरेको थियो । कम्युनिष्ट आन्दोलनमा लागेका र व्यक्तिहत्या गरेको आरोपमा अधिकारीले १६ वर्ष ९ महिना जेल मै गुजार्नु परेको थियो । साँघु साप्ताहिकले समाचार छापेको छ ।

यति बेला लामो समयसम्म कम्युनिष्ट विचार र दर्शन बोकेर जेल जीवन बिताएकाले उनलाई नेपाली नेल्सन मन्डेला समेत भनिन्छ । तर, जीवनभर निडरतापूर्वक कम्युनिष्ट विचार र दर्शनको परख गरेका अधिकारी राजनीतिक सम्भावनाको खेल हो भन्ने भनाइलाई चरितार्थ गर्दै विस्तारै कम्युनिष्ट विचार र दर्शनप्रतिबाट पछि हट्दै विस्तारै कम्युनिष्ट पार्टीसँग भन्दा कम्युनिष्ट इतरका शक्ति राजावादीसँग हुन थालेको छ ।

स्रोतका अनुसार अधिकारी यतिबेला राजतन्त्र र हिन्दू राज्यको वकालत गर्दै आएका शक्तिहरूसँग मिलेर अघि बढ्ने सोँचमा पुगेका छन् । हिन्दू राष्ट्रको अभियानमा केही अघिदेखि खुलेका अधिकारले यही सोँच अनुरुप संवाद नै अघि बढाइसकेको बताइन्छ ।

राजतन्त्र र हिन्दू राज्यको एजेण्डा कमल थापाले त्यागेपछि यसलाई बोक्दै आइरहेको केशरबहादुर विष्ट समूहसँग उनको फाइनल कुराकानी नै भइसकेको छ । स्रोतका अनुसार अधिकारी केशरबहादुर विष्टले सञ्चालन गर्दै आइरहेको राष्ट्रवादी अभियानमा लाग्ने पक्कापक्की भएको छ । त्यसका लािग २०७३ माघ २७ गते हिरा पार्टी प्यालेस बानेश्वरमा एक कार्यक्रम नै तय भएको छ ।