१३ कार्तिक २०८३, शुक्रबार

भारतबाट काठमाडौंसम्म हतियार तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।

नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।

लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।

भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् । स्रोतका अनुसार पठानको समूहमा अझै आधा दर्जन रहेका छन् ।

भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्‍याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा कसले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् ।