२८ आश्विन २०८३, बुधबार

मधेशले संविधान जलाउँछ: ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-thakur

जनकपुरधाम। तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसलाई उपेक्षा गरेर जारी गरिने संविधान स्वीकार्य नहुने बताउनुभएको छ ।

तमलोपाद्धारा जनकपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिले पनि मधेस र मधेसीमाथि विभेद भइरहेको बताउँदै सबैको हकअधिकार समेट्ने संविधान जारी हुन नसक्ने प्रस्ट गर्नुभयो

पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निकायलाई समावेशी बनाउनेलगायत महत्वपूर्ण विषयमा छलफल नै नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताउनुभयो ।

कार्यक्रममा पूर्व ऊर्जामन्त्री उमाकान्त झालगायत सयौँ सो पार्टीमा प्रवेश गरेका थिए ।

पार्टीका जिल्ला संयोजक डा विजयकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा तमलोपाका उपाध्यक्ष वृशेषचन्द्र लाल, सभासद् जङ्गीलाल यादव, एकबाल अहमद, तराई मधेस युवा फ्रन्टका केन्द्रीय अध्यक्ष कृष्णा सिंह, पूर्वसभासद् कवीन्द्रनाथ ठाकुर, केन्द्रीय सदस्य रामप्रवेश बैठालगायतले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै संगठन सुदृढ गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियो ।