काठमाडौँ, १ असोज । दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुदमा लगातार दोस्रो हारपछि नेपाल जारी एसियाली खेलकुद फुटबलको समूह चरणबाटै बाहिरिन बाध्य भएको छ ।
बुधबार कुवेतसँग भएको खेलमा नेपाल ५–० गोलको फराकिलो अन्तरले पराजित भयो।
पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको थियो । २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली सहभागी उक्त प्रतियोगितामा नेपाल इराकसँग ४–० गोलअन्तर पराजित भएको थियो।
सोह्र वर्षपछि पहिलोपटक यसियाडमा भाग लिएको नेपालले दुबै खेलमा फितलो प्रदर्शन गरेको छ ।
नेपालले अब अन्तिम खेल जापानसँग खेल्नेछ ।
बुधबार भएको खेलमा कुवेतले १९ औं मिनेटमा सुरुवाति अग्रता लिएको थियो । ६६ औं मिनेटमा एल सानएल सामीले गोल गरे भने ७३ औं मिनेटमा उनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ८३ औं मिनेटमा फैसजले कुवेतका लागि चौथो गोल गरे । ८८ औं मिनेटमा सामीले गोल गर्दै कुवेतलाई ५–० को जित दिलाए ।













प्रतिक्रिया