२८ आश्विन २०८३, बुधबार

मदिरा पिएर विमान चलाउन खोज्दा महिला पाइलटको यस्तो हाल….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नयाँदिल्ली, २१ माघ । एयर इन्डियामा एक अचम्मको घटनाको खुलासा भएको छ । जब एक महिला पाइलट मदिरा पिएर जहाज उडाएकी थिइन् । एयर इन्डियाले महिला पाइलट यस्तो व्यवहार गरेको भन्दै उनलाई तीन महिनासम्म कुनैपनि विमान उडाउन रोक लगाएको छ ।

टाइम्स अफ इन्डियाको खबरअनुसार महिला पाइलटले दिल्लीबाट गुजरात जाने एयर इन्डिया फ्लाइट ए–३२० को विमान उडाउनुपर्ने थियो । तर,उनलाई मदिरा पिएको पाइएपछि रोकिएको थियो ।

उडान भर्नुभन्दा पहिले सबै पाइलटको स्वाँस चेक गरिन्छ । त्यसपछि एयर इन्डियाले नियमअनुसार महिला पाइलटलाई कार्बाही गरेको थियो ।

महिला पाइलटलाई पुरुष पायलटको समर्थन
एयर इन्डियाले नियमअनुसार सबै पाइलटले विमन उडाउन्ुभन्दा पहिले उनीहरुको स्वाँसको चेक गरिन्छ । ताकि कसैले पनि मदिरा नपिउन । यदि पाइलटको स्वाँसमा मदिरा पिएको पाइएमा २० मिनेटपछि पनि बोलाइन्छ ।

त्यो बेला पनि स्वाँसमा मदिरा फेला परेमा उनलाई विमान उडाउनमा रोक लगाइन्छ । एयर इन्डियाका केही पायलट भने यो मुद्दामा महिला पाइलटको पक्षमा उभिएका छन् । उनीहरुले एक पटक यस्तो भएमा पटक–पटक यस्तो नहुन सक्ने बताएका छन् ।

एक पाइलटले भनेका छन् ‘स्वाँस जाँच गर्ने मेसिन यति तेजि लो छ कि कसैले तेज आफ्टर शेव, परफ्यूम या होम्योपैथिक औषधिको प्रयोग गरेका छन् भनेपनि नशामा रहेको देखाउँछ ।’