नयाँदिल्ली, २१ माघ । एचबी–१ भिसामा डोनाल्ड ट्रम्प प्रशासनले गर्न गइरहेको नयाँ रणनीतिले समस्या भएको भन्दै भारतीय उद्योग जगतले आफ्नो प्रतिनिधिमण्डल अमेरिका पठाउने भएको छ ।
प्रतिनिधिमण्डलले अमेरिकी सांसदसंग भेटेर एचबी–१ भिसामा लागू हुन गइरहेको प्रस्तावित कडा कानूनले भारतीय कम्पनीमा पर्ने असरबारे जानकारी दिनेछ । यो कदममा भारत सरकारले विशेष पहल गरिरहेको छ ।
टाइम्स अफ इन्डियाको खबरअनुसार नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनी (नासकाम) का चीफ आर चन्द्रशेखरले २० फरवरीमा वाशिंगटन जाने प्रतिनिधिमण्डलमा शीर्ष भारतीय आईटी कम्पनीका सीईओ सामेल हुने बताए ।
टीसीएस र इन्फोसिस जस्ता शीर्ष भारतीय आईटी कम्पनीका सिस्टम अमेरिकी ग्राहकसंग काम गर्नका लागि उनले आफ्नो विदेशी कामदारलाई सहभागी गराउनुपर्ने हुन्छ ।
राष्ट्रपति ट्रम्प अहिले नयाँ भिसा कार्यक्रममका बारेमा काम गरिरहेको बताइएको छ ।
यो पनि पढ्नुस्ः













प्रतिक्रिया