२८ आश्विन २०८३, बुधबार

विराटनगरको पानीमा दिसाको जीवाणु भेटिएको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biratnagar

विराटनगर । नेपाल खानेपानी संस्थान विराटनगरबाट वितरण गरिएको खानेपानीमा कोलीफर्म (दिसाको जीवाणु)को मात्रमा निकै रहेको पुष्टि भएको छ ।

खानेपानीको कारण कमलपित्त (हेपाटाइटिस बी)बाट विराटनगरवासी बिरामी परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले संस्थानबाट वितरण गरिएको विराटनगरको १० स्थानको पानी सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएकोमा कोलीफर्मको मात्रा अत्याधिक रहेको फेला परेकोे छ ।

दश वटा नमुनामध्ये चार वटामा कोलीफर्म (दिसाको जीवाणु)को मात्रा अत्याधिक रहेको फेला परेको, दुई वटामा कोलीफर्मको जीवाणु नरहेको र चार वटा नमुनामा सामान्य रहेको रिपोर्टमा उल्लेख छ ।

विराटनगरमा दुषित पानीकै कारण नौ जनाको जन्डिसबाट मृत्यु भइसकेको छ ।