२८ आश्विन २०८३, बुधबार

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीद्वारा युद्धविराम अन्त्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनिला, २० माघ । फिलिपिन्सको माओवादी विद्रोहीहरुले बुधबार युद्धविराम अन्त्य गरेको घोषणा गरेका छन् ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले आफूहरुलाई विश्वासघात गरेको र मानवअधिकार उल्लङ्घन गरेको भन्दै माओवादीले पाँचमहिने युद्धविराम अन्त्य गरेको जनाएको छ ।

झन्डै एक दशकसम्म चलेको रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्नेगरी भइरहेको शान्ति वार्ता तेस्रो चरणमा पुगेका बेला उनीहरुले युद्धविराम अन्त्य गरेका हुन् । – एएफपी