२८ आश्विन २०८३, बुधबार

चिनियाँ राष्ट्रपति जिनपिङ मङ्गलबार श्रीलङ्का जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-cकोलम्बो, ३१ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो देक्षिण एसियाली राष्ट्रहरुको भ्रमणको दोस्रो पाइलाका रुपमा मङ्गलबार श्रीलङ्का पुग्दै छन् ।

उनी विगत करिब २८ वर्षपछि श्रीलङ्काको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपतिका रुपमा आज त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ ।

राजधानी कोलम्बोबाट प्राप्त समाचारमा उनी मङ्गलबार त्यहाँ पुगेलगत्तै राजधानीमा चिनियाँ लगानीको एक बन्दरगाह सहर निर्माणसम्बन्धी आयोजनाको उद्घाटन गर्ने बताइएको छ ।

हिन्द महासागरमा अवस्थित रणनीतिक रूपमा महत्वपूर्ण द्वीप मुलुक मालद्वीपको भ्रमणबाट उनले दक्षिण एसियाली राष्ट्रको भ्रमण सुरु गरेका हुन् । उक्त भ्रमणको दोस्रो देशका रुपमा उनी आज त्यहाँ जान लागेका हुन् ।

मालद्वीमा छदा उनले २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्गको निर्माणका लागि मालेको समर्थन प्राप्त गरेको बताए । उनले उक्त मार्गको महत्वका बारेमा दक्षिण एसियाली राष्ट्रमा पनि सहयोगको पहल गर्ने बताइएको छ ।

चीन श्रीलङ्काको एक सबैभन्दा बढी लगानी गर्ने राष्ट्रमा पर्दछ । उसले पछिल्लो सयममा श्रीलङ्कामा पूर्वाधारका साथै विभिन्न संरचनाहरुको निर्माणमा लगानी गरेको छ ।

उनको यस भ्रमणलाई रणनीतिकका साथै दक्षिण एसियाली मुलुकमा लगानी र साझेदारी प्रवद्र्धनका रुपमा लिइएको छ । उनले मालद्वीपबाट सुरु गरेको यस भ्रमणको महत्वपूर्णरुपमा हेरिएको छ ।

प्राप्त समाचारमा उनको यो दक्षिण एसिया भ्रमण चीनको आर्थिक प्रभाव बढाउने उद्देश्यले थालेको बताइएको छ । चीनले बन्दरगाह तथा एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गरिरहेको छ ।

राष्ट्रपति सिले चीनलाई पूर्व र पश्चिम जोड्ने विश्वको सबैभन्दा व्यस्त व्यापार मार्गका लागि वातावरण बन्ने चीनको अनुमान छ । केही समयअघि राष्ट्रपति सिले गरेको इन्डोनेसियाको भ्रमणका क्रममासामुद्रिक रेसम मार्गको प्रस्तावको खुलासा गरे ।

उनले दक्षिण एसिया, हिन्द महासागर भएर चीनबाट युरोप पुग्ने प्राचीन व्यापार मार्ग पुनस्र्थापना गर्न चाहे । त्यसका लागि उनले यो दक्षिण एसियाको भ्रमणमा पनि पहल सुरु गरिसकेका छन् ।

राष्ट्रपति सिले भ्रमणअघि दिएको एक सन्देशमा चीन सधैं श्रीलङ्काको पक्षमा रहेको धारणा राखेका छन् । उनले श्रीलङ्काको राजनीतिक एवम् अन्य कुनैपनि मामिलामा अन्य कुनै देशले हस्तक्षेप गर्न नपाउने बताए ।

यसअघि श्रीलङ्कामा विभिन्न देशले त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध चीनले गरेको थियो ।

विशेषगरी सन् २००९ मा भएको त्यहाँका पृथकतावादी सशस्त्र समूह तमिल टाइगर विरुद्धको कारबाहीका क्रममा सरकारले युद्धअपराध गरेको भन्दै त्यसको छानबीनका लागि संयुक्त राष्ट्रसंघले प्रस्ताव गरिरहेको छ । तर श्रीलङ्काले भने त्यसको विरोध गर्दैआएको छ ।

चीनले पनि त्यसलाई उक्त देशको आन्तरिक मामिला भनी विरोध जनाउदै आएको छ । उक्त मामिला श्रीलङ्काको आन्तरिक मामिला भएकोले त्यसमा कसैले हस्तक्षेप गर्न नपाउने उहाँको भनाई श्रीलङ्काको एक सरकारी दैनिक पत्रिकाले छापेको छ । – एएफपी