२८ आश्विन २०८३, बुधबार

३० वर्ष भारत लुकेर फर्के पनि प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

कञ्चनपुर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरीको विशेष टोलीले भीमदत्त नगरपालिका–४ गोवरैयाका ६० वर्षीय विश्वराम लुहारलाई पक्राउ गरेको हो । टोलीले जिल्ला प्रहरी कार्यालयमार्फत उनलाई जिल्ला अदालत कञ्चनपुरमा बुझाइएको छ । गोवरैयाका हरिसिंह साउदको हत्या अभियोगमा सर्वोच्च अदालतले २०४० मा लुहारलाई ६ महिनाको कैद सजाय तोकेको थियो ।

२०३४ सालमा हत्याको आरोप लागेपछि फरार भएका उनलाई मंगलबार साँझ घरबाट पक्राउ गरिएको विशेष टोलीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

साउद हत्यामा संलग्नता रहेको भन्दै उनकी श्रीमती जसुदेवी साउदले छिमेकी तेजबहादुर चन्द र लुहारविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला अदालतले दुवैलाई आजीवन कारावास सजाय सुनाएपछि उनीहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चले जिल्लाको निर्णय उल्ट्याउँदै छ महिनामात्र सजाय तोकेको थियो ।