२८ आश्विन २०८३, बुधबार

खुल्दैछ क्यासिनो, नेपालीले प्रवेश पाउँछन कि पाउँदैनन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

casino

काठमाडौं, ३१ भदौ । नेपालमा संचालित क्यासिनोहरु ६ महिनादेखि बन्द छन् । सरकारले क्यासिनो नियमावली २०६९ का अव्यहारिक प्रावधान संशोधन गर्न बिलम्ब गर्दा नौ हजार मजदुरको रोजगारी गुमेको छ । क्यासिनो नियमावली २०६९ लाई प्रतिस्थापन गर्दै नयाँ नियमावली तयार गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाा नियमावली मस्यौदा गरी अर्थमन्त्रालयमा रायका लागि पठाएको छ । राजस्व र दस्तुरको बारेमा अर्थमन्त्रालयले राय दिएपछि पर्यटन मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने र कानुनबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा जानेछ । कानुन मन्त्री अध्यक्ष हुने विधायक समितिबाट मन्त्रिपरिषद्मा पेश हुने र त्यहाँबाटपास भएपछि मात्र नियमावली जारी हुन्छ । नयाँ नियमावलीमा २०६९ को नियमावलीमा राखिएका रोयल्टी, धरौटीको रकम, २५ प्रतिशत लाभकर हटाउनुपर्ने जस्ता प्रावधान संशोधन गरिएको छ । पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार क्यासिनो संचालन नै गर्न नसक्ने प्रावधान हटाउनुपर्ने, धरौटी र रोयल्टी घटाउनुपर्ने क्यासिनो संचालकहरुको सुझावलाई समेटिएको छ ।

विदेशी पर्यटकका लागि खोलिएका क्यासिनोमा नेपालीलाई प्रवेश गराएको भन्दै क्यासिनो नियमावली २०६९ जारी गरिएपछि त्यो नियमावलीअनुसार संचालन गर्न नसकिने भन्दै सबै संचालकहरुले ६ महिनादेखि क्यासिनो बन्द गरेका छन् । क्यासिनो बन्द भएपछि नौ हजार मजदुरको रोजीरोटी त खोसिएको छ नै देशलाई प्राप्त हुने बार्षिक २५–२६ करोड राजस्व पनि नोक्सान भएको छ । क्यासिनो नियमावली २०६९ ले क्यासिनो संचालन गर्नै नसक्ने अवस्था सृजना गरेपछि बन्द गर्नुपरेको गुनासो ब्यवसायीहरुको छ । सरकारले नेपाली प्रवेश गरेको भनेर क्यासिनो संचालन गर्नका लागि धरौटीदेखि रोयल्टीसम्म तिर्ननसक्ने गरी तोकेर लगानीकर्तालाई हतोत्साही गर्दा एकातिर नौ हजारको रोजगारी गुमेको छ भने अर्कोतिर राजस्व समेत गुमाएको छ । प्रहरीलाई घुस दिनुनपर्ने व्यवस्था कार्यान्वयन हुने हो भने विदेशीकै भरमा क्यासिनो राम्रोसाग चल्छन् । तर प्रहरीलाई करोडौं रुपैयाा घुस दिनुपर्ने अन्यथा दु:ख दिएर ब्यवसाय गर्नैनसक्ने भएपछि नेपालीलाई प्रवेश गराएर क्यासिनो चलाउनुपरेको पीडा व्यवसायीहरुको छ ।

२०६९ को नियमावलीले क्यासिनो संचालन गर्नैनसक्ने प्रावधान राखेपछि बन्द भएका क्यासिनो खुलाउन पर्यटन मन्त्रालयले ब्यवसायीहरुसाग छलफल गरी नयाँ नियमावली ल्याउन लागेको छ । ब्यवसायीहरुको सुझावमा ल्याइएको नयाा नियमावलीमा धरौटी रकम २५ करोडबाट १५ करोड रुपैयाामा झार्ने, बार्षिक रोयल्टी २ करोडबाट ५० लाख रुपैयाा कायम गरिएको स्रोतले बतायो । १५ करोड धरौटी राख्न पनि तीन बर्षको समय दिनुपर्ने ब्यवसायीहरुको माग छ । क्यासिनो संचालकहरुले नवीकरण गर्दा कर्मचारीहरुको तलव, संचयकोष तिरेको प्रमाण पेश गर्नुपर्ने, क्यासिनो संचालन भएका होटलहरुलाई तिर्नुबुझाउनुपर्ने रकम तिरेको हुनुपर्ने जस्ता प्रावधान पूरा गरेको हुनुपर्ने जस्ता प्रावधान २०६९ को नियमावलीमा छन् । तर तलव र संचयकोषको हकमा कर्मचारीको सहमति र होटललाई तिनुपर्ने रकमको हकमा होटलको नो अब्जेक्सन लेटरका आधारमा क्यासिनोको नवीकरण हुनुपर्ने बुादा संशोधित नियमावलीमा राख्नुपर्ने सुझाव ब्यवसायीले दिएका छन् । ब्यवसायीहरुले तीन महिनाको बैंक ग्यारेन्टी मान्नुपर्ने जस्ता बुँदा संशोधित नियमावलीमा राख्नुपर्ने सुझाव दिएका छन् । पर्यटन मन्त्रालयले व्यवसायीका सुझावलाई सकारात्मक रुपमा लिई नियमावलीमा ती कुरा समेटेर अर्थ मन्त्रालययमा रायका लागि पठाएको बुझिएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले क्यासिनो नियमावली संशोधनको मस्यौदा अन्य मन्त्रालयमा रायका लागि पठाएको प्रतिक्रिया दिए । उनले भने, ती मन्त्रालयले राय दिएपछि संशोधन मस्यौदा मन्त्रिपरिषद्मा जानेछ । नियमावली संशोधन कहिलेसम्म होला त भन्ने जिज्ञासामा प्रवक्ता सापकोटाले भने,–‘अरु मन्त्रालयले कहिलेसम्म राय दिन्छन्, त्यसमा भर पर्छ, एकीन समय भन्न सकिन्न ।’

२०६९ को नियमावलीअनुसार चुक्तापूाजी, बक्यौता रोयल्टी, मजदुरको संचयकोष लगायत तिर्दा एक क्यासिनोले ४० करोड बुझाउनुपर्ने हुन्छ । ४० करोड रुपैयाँ खर्च गरेर कसले क्यासिनो संचालन गर्छ ? यस्तो असंभव नियमावली ल्याएर सरकारले क्यासिनो बन्दै गर्न खोजेको हो ।’ एक क्यासिनो संचालकले भने–विदेशी पर्यटकका लागि खोलिएका क्यासिनो बन्दभएपछि पर्यटकहरु मकाउ र भारतको गोवातिर जान थाले । यसले नेपालको पर्यटन उद्योगलाई नोक्सान पुगेको कुरा सरकारले महसुस गर्न सकेन । नेपाली प्रवेशको कारण के हो, निदान के हुनसक्छ भन्ने कुरामा अध्ययन नगरी हचुवाका भरमा नियमावली ल्याएकाले क्यासिनोहरु बन्द भएका हुन् । प्रहरीलाई क्यासिनोले मासिक घुस दिनुनपरे नेपाली प्रवेश नगरे पनि विदेशीकै भरमा नेपालका क्यासिनो चल्छन् । प्रहरी प्रशासनले अनावश्यक दु:ख दिएर पैसा माग्न थालेपछि नेपाली प्रवेश गराउने बाध्यतामा ब्यवसायीहरु पर्ने गरेको कुरा सरकारले बुझ्दै नबुझी नियमावलीमा पूरा गर्नैनसक्ने प्रावधान राखी क्यासिनो बन्द गर्ने बातावरण बनाइयो भन्ने गुनासो व्यवसायीको छ ।

आर्थिक बर्ष २०६९/०७० सम्म क्यासिनो नेपालको एनआरसीले २६ करोड रुपैयाा बक्यौता तिर्नुपर्नेछ । सो क्यासिनो अहिले मोजाङ क्यासिनोको नाममा नया लगानीकर्ताले सञ्चालन गरिरहेका छन् । भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालित मोजाङ आगामी नोभेम्बरदेखि सुरु गरिने कुरा स्रोतले बताएको छ । ‘मोजाङको कुनै बक्यौता बााकी छैन’ स्रोतले भन्यो । क्यासिनो अन्नाको १६ करोड छ । क्यासिनो एभरेष्टले १ करोड ७१ लाख र क्यासिनो फूलबारीको १४ करोड रुपैयाँ जरिबानासहित बक्यौता छ । क्यासिनो तारा, भेनस, रोयल, र्‍याड क्यासिनोको आ.व. २०६९/०७० सम्मको बक्यौता चुक्ता गरिसकेको पर्यटन मन्त्रालय स्रोतले बताएको छ ।