२८ आश्विन २०८३, बुधबार

बेलायती सहयोग नियोगका कर्मचारीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

murder-of-David-Haines

लेवनान, २९ भदौ । इस्लामिक स्टेट आइएस आतङ्ककारीहरूले बेलायती सहयोग नियोगका एक कर्मचारी डेभिड हेन्सको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।

चौवालीस वर्षीय डेभिडलाई गत मार्च महिनामा उत्तरी सिरियाको एउटा शरणार्थी शिविर नजिकैबाट आइएससका सशस्त्र लडाकूहरूले अपहरण गरी अज्ञातस्थल तर्फ लगेका थिए ।

त्यसताका डेभिड एउटा फ्रान्सेली अन्तर्राष्ट्रिय सहयोग संस्थाका प्रमुख भई कार्यरत थिए ।

सो संस्थाले घरवारविहीन भएका हजारौँ सिरियाली जनतालाई शरणार्थी शिविरमा बसोवास र खानापानको बन्दोबस्तमा सहयोग पु¥याउँदै आएको थियो ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले डेभिड हेन्सको हत्यालाई ‘विशुद्ध राक्षेसी आक्रमण’ भन्ने सज्ञा दिए ।

गत शनिबार अपरान्ह्तिर हत्याको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री क्यामरुनले बेलायती विदेश मन्त्रीलाई हेन्सको हत्या भएको हो होइन पुष्टी गर्ने आदेश दिएका थिए ।

विदेश मन्त्रालयले हत्या भएको पुष्टी गरेपछि प्रधानमन्त्री क्यामरुन अत्यन्त दुखी र स्तब्ध भएका थिए ।

हेन्सको टाउको काटेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि उनका परिवारले बेलायत सरकार, अमेरिका र प्रजातान्त्रिक विश्वसँग हारगुहार गरेका थिए ।

आइएसका आतङ्ककारीहरूले यसअघि दुईजना अमेरिकी पत्रकारको हत्या गरेका थिए । त्यसबखतै सार्वजनिक गरेको भिडियोमा एकै क्षण हेन्सको पनि अनुहार झुलुक्क देखाएर ‘अव हेन्सको पालो’ भन्ने क्रुर अभिव्यक्ति समेत ती आतङेककारीले दिएका समाचारमा बताइएको छ ।

प्रधानमन्त्री क्यामरुनले मृतकको परिवारलाई शान्त्वना दिँदै हेन्सका हत्यारालाई कारबाही गरी न्यायको कठघरामा ल्याउन बेलायत जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् । हेन्सको हत्याबारे छलफलको लागि बेलायती संसदमा आइतबार बिहानै बैठक बस्दै छ ।

यता अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सो घटनाको निन्दा गर्दै यसलाई ‘जङ्गली पशुको आक्रमण’ को संज्ञा दिए ।

अमेरिका आफ्नो परममित्र बेलायतको यस शोकको घडीमा काँधमा काँध मिलाएर आइपरेको जुनसुकै स्थितिको सामाना गर्न तयार रहेको पनि ओबामाले बताए ।

आइएस आतङ्ककारीले सार्वजनिक गरेको सो भिडियोमा पहिला अपहरित बेलायती नागरिकलाई पनि मार्ने धम्की दिएको छ ।

उक्त भिडियो दुवै बेलायतीलाई सुन्तले रङ्को डाङ्ग्री पोशाकमा सिरियाको कुनै भूभागको पृष्टभूमीमा देखाइएको थियो । – एपी