४ मंसिर २०८३, शुक्रबार

संसदमा जंगिए जङ्गीलाल, आइतबारदेखि मधेसमा आन्दोलन चर्काउने धम्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जङ्गीलाल रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सच्याउन सरकारसँग माग गरेका छन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै रायले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नसच्याए आइतबारदेखि तराईमा आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले भने– ‘म भन्न चाहन्छु जनसंख्याको आधारमा पुनर्संरचना हुनुपर्छ । होइन् भने आइतबारदेखि त्यहाँ स्वफूर्त आन्दोलन हुनगइरहेको छ । मलाई पनि त्यहाँ बोलाइएको छ । १५ दिनको समय दिएर पुनर्संरचना गर्यो त्यो रोकिनेवाला छ । होइन् भने आइतबारदेखि मधेसका सम्पूर्ण जिल्लामा पुनर्संरचनाविरुद्ध स्वतस्फूत आन्दोलन हुन गइरहेको छ ।’

जंगीलालले आन्दोलनको धम्की दिँदा गृहमन्त्री विमलेन्द्र निधि कान थापेर सुनिरहेका थिए ।

संसदमा यसरी धम्की दिए जंगीलालेः

संविधान घोषणा भएको १५ महिना भयो । देश आनदोलनमा छ । अहिलेपनि आन्दोलनको रुपरेखा बाँकी नै छ । र, हामीले राखेका मागलाई सदनमा दर्ता भएपनि आशिंक रुपमा आएको माग हो । त्यसलाई पनि त्यतिकै राखिएको छ । तर, त्यही आधारमा टेकेर सीमाकंनमा स्थानीय तह पुनर्संरचना आयोग बनायो र आयोगले प्रधानमन्त्रीमार्फत स्थानीय विकासमन्त्रीलाई बुझाएको प्रतिवेदन हामीलाई थाहा नभएपनि त्यो कसरी बनेको छ करिब करिब जिल्लाहरुमा थाहा भइसकेको छ । मधेसका १४–१५ जिल्लामा कुनै पनि तहको पुनर्संंरचना आयोगको त्यहाँ सर्वदलीय छलफल भएन् । त्यहाँ छलफल भएन् परिस्थिती त्यस्तै किसिमको भयो । किनभने त्यहाँ माइन्युट भएको छ कि जबसम्म हाम्रो सीमाकंनको माग सम्बोधन हुँदैन् तबसम्म स्थानीय तह पुनर्संरचना गर्न दिँदैन् । तर, यही बीचमा विरोध गर्दागर्दै प्रतिवेदन आएको छ । ७१९ मध्ये मधेसमा २४६ तह राखिएको छ । जबकी ५ प्रतिशतभन्दा बढी जनसंख्या छ । म भन्न चाहन्छु जनसंख्याको आधारमा पुनर्संरचना हुनुपर्छ । होइन् भने आइतबारदेखि त्यहाँ स्वफूर्त आन्दोलन हुनगइरहेको छ । मलाई पनि त्यहाँ बोलाइएको छ । १५ दिनको समय दिएर पुनर्संरचना गर्यो त्यो रोकिनेवाला छ । होइन् भने आइतबारदेखि मधेसका सम्पूर्ण जिल्लामा पुनर्संरचनाविरुद्ध स्वतस्फूत आन्दोलन हुन गइरहेको छ ।