४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरूबीच बालुवाटारमा वार्ता जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग छलफल गरिरहेका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएपछि मधेसी मोर्चाका नेताहरू बिहान नौ बजे बालुवाटार पुगेका थिए । बैठकमा कांग्रेसका नेताहरू पनि सहभागी छन् ।

छलफलमा संविधान संशोधन विधेयक परिमार्जन, स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन र निर्वाचनका विषयमा छलफल हुने बुझिएको छ ।

मधेसी मोर्चाले संविधान संशोधनविना निर्वाचनमा जान नसकिने जनाउँदै आएको छ । उसले स्थानीय तहको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाइरहेको छ ।