४ मंसिर २०८३, शुक्रबार

चित्रबहादुर केसी भन्छन्- मैले गाँजा खाएर यसो भनेको थिइन नि!

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालको लागि गलपासो बनेको बताएका छन् ।

विहिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा केसीले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्मरण गर्दै भने- ‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिइन नि !’

सरकारले चुनाव गराउनै नचाहेको आरोप

साक्षात्कारमा केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाए । उनले भने- ‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो ।’ केसीले प्रश्न गरे- ‘कहाँबाट हुन्छ चुनाव ?’ उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए ।

अध्यक्ष केसीले थपे- ‘अब हेर्दै जानुहोस यीनले माघ लागेपछि सक्दैनौं भन्छन् ।’

उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए ।