
काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको पनि बताए ।
राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन पनि सरकारसँग माग समेत गरे ।











प्रतिक्रिया