काठमाडौं, २८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको ३३ किलो सुन प्रकरणमा भन्सारका दुई अधिकृत पक्राउ परेका छन् ।
विहिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विमानस्थलका भन्सार अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई घरबाटै नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार मंगलबार राति काभ्रेबाट पक्राउ परेका दुई जना भरिया (जसले सुन रिसिभ गरेर मालिककहाँ पुगाउने जिम्मेवारी पाएका थिए)को अवैध सुन बिमानस्थलबाट पास गराउन सघाएको बयानका आधारमा भन्सारका अधिकारी समातिएका हुन् ।
यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।
यसअघि भन्सार बिभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।
दुबईबाट आएको अवैध सुनसहित तीन भरियालाई सीआईबीले केही दिनअगाडि विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । त्यसयता सुन तस्करका मालिकको खोजीमा प्रहरी लागेको छ ।












प्रतिक्रिया