काठमाडौं, २८ पुस । काठमाडौंविश्वविद्यालय (केयू) उपकुलपति नियुक्तितको विवादनसिकिँदै कांग्रेसकाक्रियाशील सदस्यहरू धमाधम भर्ती गर्ने तयारी भएको छ ।
नेपाली कांग्रेस निकट मानिने भिसी नियुक्ति गर्नासाथ नजिककालाई नियुक्ति दिने तयारी गरिएको हो । त्यसैका लागि हालका रजिष्ट्रार भोला थापाले सबै प्रक्रियागत काम पूरा गरेको श्रोतले बतायो ।
स्कूल आफ आर्टस्, स्कूल अफ एजुकेसन, स्कूल अफ म्यानेजमेन्ट लगायतमा एकै पटक दर्खास्ता आह्वान गरिएको थियो । नाम चलेको राष्ट्रिय दैनिकमा दर्खास्त आह्वान गरेको भए पनि अधिकांस कांग्रेसनिकटलाई सर्ट लिस्ट गरी भर्ना प्रक्रिया सुरु भएको आरोप लागेको छ ।
एकैखाले विज्ञापन आह्वान गरे पनि डिनहरूले आफू अनुकुल व्यक्ति ल्याउन दोहोरो मापदण्ड समेत बनाएका छन् ।
स्कूल एजुकेसनका डीन महेशनाथ पराजुलीले आफ्ना नजिककालाई भर्ती गर्न कार्यकारी परिषदमा मापदण्ड परिमार्जन गरेका थिए ।
त्यसै गरी स्कूल अफ अर्टसमा समेत हालका रजिष्ट्रार भोला थापाले रामशरण महतका सल्लाहकार तथा कांग्रेस क्रियाशील सदस्यहरु उद्वव प्याकुरेल, निरज पौडेल तथा स्याङ्जाका चन्द्रलाल पाण्डेलाई नियुक्ति दिने तयारी गरेका छन् ।
यसैगरी आमसञ्चार विभागमा पूर्व भिसी सुरेशराज शर्माका भाञ्जा सुदर्शनप्रसाद दाहाल, होमनाथ दाहाल पुत्र सुदाशुं दाहाल र एकप्रसाद दवाडी ल्याउने निश्चित भएको छ ।
होमनाथ दाहालका पुत्र सुदाशुं दाहालले रजिष्ट्रार थापाबाट आफूले बधाइ समेत आइसकेको भन्दै खुशी साटासाट गरेका छन् ।
स्कूल अफ आर्टसका एक प्राध्यापकले भने यसरी आफ्नो मान्छे भन्दैमा रिजल्ट अगाडि नै भन्न नमिल्ने भए पनि ‘केयू’मा नातावाद हावी हुँदा यो अवस्था आएको बताए ।
विश्वविध्यालयमा माओवादी केन्द्रबाट भिसीका लागि प्रस्तावित जनार्दन लामिछानेले ‘केयू’ कांग्रेस मैत्री रहेको बताएको केही समय बित्न नपाउँदै भोला थापाले कांग्रेसीलाई भर्ती गर्ने योजना बनाएका हुन् ।
गत जुन महिनामा आह्वान गरिएको विज्ञापनमा खुला प्रतिस्प्रधा भनिएपनि पूर्व योजनाअनुसार आफ्ना आफन्त र कांग्रेसीहरुलाई मात्र सबै पदमा नियुक्ति दिने तयारी भएको सुत्रले बताएको छ ।
‘खुला प्रतिस्प्रधा भनिएकाले देश बिदेशमा शिक्षण र सोधको राम्रो अनुभव भएकाले आवेदन दिएपनि कुनै पनि पदमा बाह्य उमेदवारलाई छानिएको छैन, जुन सरासर भ्रष्टाचार हो’, एक प्राध्यापकले बताए ।
सबै पदमा आन्तरिक रुपमा करार सेवामा कार्यरत शिक्षकलाई मात्र छानिएको र एकदुर्इ दिनमै सोहीबमोजिम नतिजा सार्वजनिक गरिने ती प्राध्यापकले दाबी गरेका छन् ।
स्कुल अफ आर्ट्स र स्कुल अफ एजुकेसनअन्तर्गत थुप्रै अनुभवी र सक्षम प्रतिस्पर्धी रहे पनि बाह्य परीक्षकले दिएको अंकसमेत डीनहरु र हालका निमित्त उपकुलपति थापाले टिपेक्स लगाएर मनोमानी गरेको स्रोतको भनाइ छ ।











प्रतिक्रिया