४ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषदको बैठक बस्दै, सुशील ज्ञवालीको स्पष्टीकरणबारे छलफल हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । मन्त्रालयका नियमित एजेण्डाहरूमा छलफल गर्नका लागि मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

बिहान एघार बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीको स्पष्टीकरणका विषयमा छलफल हुनेछ । सरकारले ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधेको छ ।

ज्ञवालीको कार्यसम्पादनमा चित्त बुझाउन नसकेको सरकारले उनलाई हटाएर नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने मुडमा छ ।

स्रोतका अनुसार कार्यकारी निर्देशकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने तयारीमा सरकार जुटेको छ ।

मन्त्रिपरिषद बैठकमा केही मन्त्रालयहरूका महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतको भनाइ छ ।