२८ आश्विन २०८३, बुधबार

‘ज्ञानेन्द्रलाई हेर्न’ विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendraविर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्न भन्दै झापा शनिश्चरेका विद्यालयले दिउँसै बिदा दिएको पाइएको छ ।

शनिश्चरेस्थित स्वस्तीका शिशु सदन, अर्जुनधारा संस्कृत आदर्श मावि र शनिस्चरे माविले पूर्वराजा अर्जुनधाराधाम आउने भन्दै विद्यालय दिउँसै छुट्टी गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र बिहीबार दिउँसो दुई बजे अर्जुनधारा आउने भन्दै विद्यार्थीहरु हातमा फूल लिएर १:३० बजेबाट नै सडकमा थिए । किन छिट्टै छुट्टी भएको ? भन्ने प्रश्नमा स्वस्तीका शिशु सदनका छात्राहरुले ‘‘राजा आउने भनेर’’ छुट्टी भएको बताए ।

पूर्वराजा शाह केहि दिनदेखि झापाका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्दैछन् । झापा आउने दिन निर्धारित समय भन्दा तीन घण्टा ढिला आएका शाह बुधवार शनिश्चरेमा पनि दुई घण्टा पछि मात्र आएका थिए । शाहको स्वागतमा राजावादी तथा राप्रपा नेपालका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । हातमा फूल लिएर अधिकांशले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाए ।

पूर्वराजा शाह कडा सुरक्षाका बीच पत्नी कोमलबिनै अर्जुनधाराधाम पुगेका थिए । उनको स्वागतका लागि धामका व्यासाचार्य पण्डित पुष्पलाल निरौला तथा संस्कृत अध्ययनरत विद्यार्थीहरु थिए ।

संस्कृतका विद्यार्थीले स्वस्ती वाचन गरेका थिए भने नौमती बाजाको टोली पनि शाहको स्वागतमा खटाइएको थियो । शाहको स्वागतमा गर्दै सर्वसाधारयाले पुष्प गुच्छा दिएका थिए । शाहको सुरक्षाका लागि सादा पोशाकमा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको पाईएको छ । उनी आउनु भन्दा अगावै सुरक्षाकर्मी सादा पोशाकमा तैनाथ थिए ।

Gyannendra2

Gyannendra1