
सबैलाई मोहित गर्ने फिल्मी संसारभित्रको कालो वास्तविकता सार्वजनिक हुन थालेको छ । खासगरि, चर्चित अभिनेत्री स्वेता बसु र चलचित्र बीटेक बाबुकी अभिनेत्री दिव्या श्री वेश्यवृत्ति गरिरहेका अवस्थामा गत साता छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेपछि बलिउडमा हंगामा खाएको छ ।
अझ नायिका श्वेताले फिल्मबाट गुजारा नचलेपछि आफू यौनधन्दामा लाग्न बाध्य भएको भन्दै अन्य हिरोइनको अवस्था पनि यस्तै भएको बताएपछि बलिउडप्रति धेरैको नजर लागेको छ ।
यसो त बलिउडमा श्वेता र दिव्यामात्रै होइन्, यस्तो धन्दामा लाग्नेको लामो सूची छ । को को छन् त देहव्यापारमा ?
मिष्ठी मुखर्जी: चलचित्र ‘लाइफ कि तो लग गई’ बाट बलिउडमा करिअर सुरु गरेकी अभिनेत्री मुखर्जीलाई मुम्बई प्रहरीको फन्दामा परिन् । प्रहरीले दिल्लीको एक फेशन डिजाइनर राकेश कोटोरियासँग आपत्तिजनक अवस्थामा उनलाई पक्राउ गरेको थियो । गत जनवरीमा पक्राउ परेकी मिष्ठीको आलिशान फ्लाटबाट अश्लिल चलचित्रका करिब १ लाख सीडी र डीभीडीसमेत प्रहरीले बरामद गरेको थियो । यतिसम्मकी उनको पूरै वेश्यावृत्तिमा लागेको आरोप लागेको थियो । किनकी उनीसँगै बाबु र भाइसमेत पक्राउ परेका थिए ।
भुवनेश्वरी : कला बेच्न छाडेर शरीर बेच्ने अर्की अभिनेत्री हुन्, भुवनेश्वरी । अक्टोबर २००९ मा चेन्नईको शास्त्री नगरमा रहेको आफ्नै फ्लाटमा देह व्यापार चलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । सात वर्षअघि पनि वेश्यावृत्तिमै लागेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
ऐश अन्सारी : वेश्यावृत्तिको आरोप लागेकी अर्की अभिनेत्री हुन्, ऐश अन्सारी । बलिउडमा कयौ चलचित्रमा काम गरेकी उनलाई नोभेम्बर २०१३ मा वेश्यावृत्तिको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा उनी भारतका कयौ सहरमा वेश्यावृत्तिका लागि जाने गरेको पुष्टि भएको थियो । त्यति मात्र होइन, उनी ग्राहकको मागअनुसार विदेशी मोडलसमेत उपलव्ध गराउने व्यवसाय गरिरहेकी भेटियो ।
श्रावणी तेलूगु : यौनव्यवसायबाटै गुजारा चलाउँदै आएकी अर्की अभिनेत्री हुन्, श्रावणी तेलूगु । धाराबाहिक हिमाबिन्दु र लायामा काम गरिसकेकी उनलाई हाई प्रोफाइल सेक्स रैकेट संचालन गर्ने गरेको आरोप लाग्यो । जसको खुलासा भयो, अक्टोबर २०१३ मा । माधापुरको जयराज स्टीलका मालिक संजन कुमार गोयन्काका साथमा श्रावणी रंगेहात पक्राउ परेकी थिइन् ।

यमुना : अभिनेत्री यमुना पनि अर्की पात्र हुन्, जो वेश्यावृत्तिकै आरोपमा बेंगलोर प्रहरीको फन्दामा परिन् । जनवरी २०११ मा आइसीसी रोयल गार्डेनिया होटलबाट यौनधन्दामा संलग्न रहेको बेला उनी पक्राउ परेकी थिइन् ।
सायरा बानु : अगस्त सन् २०१० मा हैदराबाद प्रहरीले स्प्रिङ्ग हेवन अपार्टमेन्टबाट ज्योति र अभिनेत्री सायरा बानुलाई पक्राउ गरेको थियो ।

किन्नेरा : अभिनेत्री किन्नेरा त झन फरक कहानी छ । केही तेलुगु फिल्ममा काम गरेपछि उनी सेक्स ब्रोकरका रुपमा काम सुरु गरेकी थिइन् । एउटा टेलिभिजनले उनलाई यौन व्यापारका बारेमा खुला रुपमा कुरा गर्दै गर्दा सार्वजनिक गरेको थियो ।













प्रतिक्रिया