२८ आश्विन २०८३, बुधबार

नेपाल उत्तर कोरियासँग ४–१ को फराकिलो अन्तरले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fotbal-jhapa

काठमाडौं, २६ भदौ । एफसी यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ४–१को फराकिलो गोल अन्तरले पराजित भएको छ ।

नेपालले चौथो मिनेटमा नै गोल खाएको थियो । २३ औं मिनेटमा अमित तामाङको गल्तीको फाइदा उठाउँदै कोरिया दोस्रो गोल गर्न सफल भयो ।

खेलको २७ औं मिनेटमा कोरियाका हान क्वाङले गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा कोरियका खेलाडीले हेड गोल गर्दै पहिलो हाफमा ४ गोल गरे । त्यति वेलासम्म नेपालले १ गोल मात्र गर्न सक्यो । यसैलाई कायम राख्दै कोरिया नेपाका सामू हाबी भयो ।

अब नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न नेपालले उज्वेकिस्तान र कुवेतविरुद्धको खेलमा भर पर्नुपर्ने भएको छ ।

कुवेतले उज्वेकिस्तानलाई ठूलो अन्तरले पराजित गरे मात्र नेपाल गोल अन्तरका आधारमा अघिल्लो चरण प्रवेश गर्न सक्नेछ ।

एफसी यू–१६ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने यू–१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।