२८ आश्विन २०८३, बुधबार

दक्षिण कोरिया, चीन र जापानबीच सोलमा उच्चस्तरीय कुटनीतिक वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-South-Koriya-540x280

सोल, २६ भदौ । दक्षिण कोरिया, चीन र जापानबीच दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार उच्चस्तरीय कुटनीतिक वार्ता हुने भएको छ ।

सो वार्ताका क्रममा त्रिपक्षीय सहयोगसम्बन्धी वार्ता हुने सोलस्थित दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ ।
त्रिपक्षीय सो वार्ता दक्षिण कोरियाको उपविदेशमन्त्री लि क्युङ्ग सु, चिनियाँ उपविदेशमन्त्री लिउ झेङ्मिन र जापानी उपविदेशमन्त्री सिनसुको सुगायामा रहनुहुने बताइएको छ ।

त्रिपक्षीय उच्च स्तरीय वार्तामा उपस्थित मन्त्रीले तीनवटै मुलुकको आपसी हित, विचार आदानप्रदान र हालका सहयोग पुनःविचार गरिने पनि दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ ।

यो त्रिपक्षीय वार्ता सन् २०१३ को नोभेम्बर यता पहिलो पटक हुन लागेको बताइएको छ । – सिन्ह्वा