२८ आश्विन २०८३, बुधबार

एन्फा कप फुटबलको उपाधिसँगै झापा ११ को हातमा १० लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

All_Nepal_Football_Associatकाठमाडौं, २५ भदौ । एन्फा कप फुटबलको उपाधि झापा ११ ले हात पारेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा झापा ११ संकटा क्लबलाई ४–० ले पराजित गरेको हो ।

१० खेलाडीमा सिमित संकटालाई हराएर झापा ११ ले १० लाख हात पारेको छ । संकटा भने ५ लाखमा चित्त बुझाउँन बाध्य भएको छ ।

४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता झापाले ७६ औं मिनेटमा पेनाल्टी पायो । रवि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरेर झापालाई तीन गोलको अग्रता दिलाए ।
लगत्तै बुद्ध चेम्जाङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भयो ।

दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो ।