१२ कार्तिक २०८३, बिहिबार

नामटारमा प्रहरीलाई गोलीको साटो फूलमालाले स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १० पुस । गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गाली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए ।

तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । र उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् ।

पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती र तोरी खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।

यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए ।