काठमाडौँ, २४ भदौ । एएफसी यू–१६ च्याम्पियन्ससीप फुटबलमा नेपालले कुवेतलाई पराजित गरेर नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
मंगलबार भएको खेलमा नेपालले कुवेतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले अर्को खेल उत्तर कोरियासँग खेल्नेछ ।
खेलको दोस्रो मिनेटमा किरन सुनारको पासमा अन्जन विष्टको प्रहारलाई कुवेती गोलरक्षकले आत्मघाती गोल गराएका थिए ।
७५ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । आकाश थापाले डि बक्स एरियामा फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा नेपालले पेनाल्टी पायो । अन्जन विष्टलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए, जसमा कप्तान विमल घर्तीमगरले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।













प्रतिक्रिया