१२ कार्तिक २०८३, बिहिबार

लोकमानले सर्वोच्च अदालत प्रशासनलाई लगाए गम्भीर आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । अख्तियारका निलम्बित प्रमूख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनकै सलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् ।

लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस सुरु हुनासाथ न्यौपानेले बिहिबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘उक्त घटनामा सर्वोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ न्यौपानेले भने, ‘सर्वोच्च प्रशासनको अनुमति नभई उनीहरु कसरी भित्र छिरेर कसरी कालो मोसो दल्न पाए रु’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि कालोमोसो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडी बहस गर्न उचित नहुने तर्क गरे ।

‘प्रतिवेदन नआइ यो मुद्दामा बहस गर्न उचित छैन,’न्यौपानेले भने,‘सुरक्षा हुँदा त त्यो हालत छ, नहुँदाको अवस्थामा हामीले पनि कसरी सुरक्षा महसुश गर्ने रु’ नेउपालने आपत्ती जनाउँदै इजलासमा भने,‘पत्रपत्रिका र सर्वोच्चको यो कस्तो तालमेल हो रु’