२८ आश्विन २०८३, बुधबार

ग्रैंड स्लम टेनिस टूर्नामेन्ट, यूएस ओपन मारिनको पोल्टामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marin_Cilicafpन्यूयोर्क, २४ भदौ । क्रोएशियाका मारिन चिलिचले उनको करियरर्म पहिलो  पटक यस वर्षको अन्तिम ग्रैंड स्लम टेनिस टूर्नामेन्ट, यूएस ओपन, जितका छन् ।

न्यूयोर्कमा भएको खेलमा पुरुष सिंगल्स फाइनलमा १४ औँ वरीयता प्राप्त चिलिचले जापानका १० औँ वरीयता प्राप्त केई निशिकोरीलाई पराजित गरेका हुन् ।

चिलिचले निशिकोरीलाई ६–३, ६–३, ६–३ ले हराएर उपाधि आफ्नो नाममा गराए । दुबै खिलाडीको यो पहिलो ग्रैंड स्लम फाइनल थियो ।

सेमीफाइनलमा निशिकोरीले नोवाक जोकोविच र चिलिचले रोजर फेडररलाई हराएका थिए ।

सन् २००५ पछि राफेल नडाल, नोवाक जोकोविच र रोजर फेडररले कुनै पनि ग्रैंड स्लम टूर्नामेन्टको फाइनल खेल्न पाएका छैनन् । एजेन्सी