२८ आश्विन २०८३, बुधबार

पुनः फिफाको अध्यक्ष लड्ने ब्लाटरको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indexलन्डन, २४ भदौ । सेप ब्लाटरले आफू पुनः अन्तर्राष्ट्रिय फुटबल फेडरेशन फिफाको अध्यक्ष हुन चाहेको पुष्टि गरेका छन् ।

उनले अध्यक्ष पदका लागि एक पटक चुनाव लड्न चाहेको जनाएका हुन् ।

ब्लाटरले एक साक्षत्कारमा भनेका छन्, ‘म पाँचौँ कार्यकालका लागि पनि फिफाको अध्यक्ष पदमा चुनाव लड्ना चाहन्छु ।’

फिफा अध्यक्ष ब्लाटरलाई अघिल्लो वर्ष पद छाड्न दबाब समेत परेको थियो ।

ब्लाटर सन् १९९९८ देखि फुटबलको विश्व संस्था फिफाको अध्यक्षमा निरन्तर छन् ।

फिफाको कार्यकारी समितिको बैठक २५ देखि २६ सेप्टेम्बरमा हुँदैछ । पाँचौँ कार्यकालका लागि आफू अध्यक्ष हुन चाहेको जानकारी ब्लाटरले बैठकमा गराउने छन् ।

‘मेरो मिशन अझै पूरा भएको छैन,’ ब्लाटरले भनेका छन् । उनले आफ्नो पाँचौँ उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

यूनियन अफ यूरोपीय फुटबल एसोसिएशन्स यूईएफएका अध्यक्ष माइकल प्लातिनीले ब्लाटरको दावेदारीको विरोध नगर्ने जनाएका छन् ।
फिफा कांग्रेसको चुनाव आगामी वर्षको जून महिनामा हुँदैछ । एजेन्सी