१२ कार्तिक २०८३, बिहिबार

पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाउन ओलीको नयाँ प्रस्ताव

16k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोटमा भेट गर्दै बुधबार ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प भएको जिकिर गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पहिलो पटक सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गरी तराई र पहाडी जिल्ला अलग गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि सीमांकनका विषयमा लगातार जसो आन्दोलन भइरहेको छ ।