काठमाडौं, ६ मंसिर । युवा संघ जिल्ला अध्यक्ष दुुर्गा तिवारीलाई गोली हानेको मैले हो,पहिला गोली हानेर तर्साउँदासमेत सुुध्रिएन । उसले मेरा केटाहरुलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन,एमालेका मान्छेलाई अब छानी–छानी गोली हान्छु, गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुक्त देवदहकै मनोज बुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य धुु्रव खरेललाई फोनमा भने ।
तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुुही लगेको जानकारी पाएपछि त्यहाँ पुुगेका खरेलसँगै थिए,इलाका प्रहरी बुुटवलका डिएसपी मुुकुन्द मरासिनी । मनोजले छानी छानी गोली हान्ने धम्की दिएपछि खरेलले मरासिनीलाई मोबाइल दिए । डिएसपीले सोधखोज गर्दा उताबाट आवाज आयो –हो मैले नै हो दुर्गालाई गोली हान्न लगाएको । मलाई खोज्ने र पक्राउ गर्ने प्रयास नगर्नुहोला,त्यसबेला जे पनि हुनसक्छ । (जनआस्था साप्ताहिकबाट)















प्रतिक्रिया